झापा । झापामा ट्राफिक सप्ताह शुरु भएको छ।
एक बालिकालाई हेल्मेट लगाइदिइ झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले ट्राफिक सप्ताहको शुरुवात गरे।

आइतबार बिहान आयोजित उद्घाटन कार्यक्रममा प्रभातभेरिको समेत आयोजना गरिएको थियो।
साताव्यापी आयोजित उक्त कार्यक्रममा सडक सुरक्षाका विविध चेतनामूलक कार्यक्रम आयोजना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाईंले बताए।
Facebook Comments Box