झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक पुरुषको ज्यान गएको छ।
जंगलमा घाँस काटन गएका एक वृद्धालाई हात्तीले आक्रमण गरि मारेको हो।
कनकाई नगरपालिका २ स्थित जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्रमा घाँस काटन गएका स्थानीय ७८ बर्षिय कृष्ण भुजेललाई हात्तीले आक्रमण गरि मारेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाले बताए।
सोमवार दिउसो घाँस काटन जंगल गएका भुजेल रातीसम्म पनि घर फर्किएर नआएपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए।
सामुदायिक वनभित्र बुधवार दिउसो मात्रै भुजेलको शव हात्तीले आक्रमण गरि मारेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box