चारपाने । साहारा नेपाल बचत तथा ऋण सहकारीको आगामी ४ बर्षे कार्यकालका लागी पुनः ताराप्रसाद सञ्जेल विजयी भएका छन । हिजो राति १० बजे सम्पन्न संस्थाको मतगणना अनुसार आफ्ना निकटतम प्रतिद्धन्दि छविलाल खतिवडालाई फराकिलो अन्तरले परजित गर्दै सञ्जेल पुन निर्वाचित भएका हुन । सञ्जेलले २५ सय २ मत प्राप्त गर्दा खतिवडाले १ हजार ६० मत मात्र प्राप्त गरेका हुन ।
त्यसैगरी बरिष्ठ उपाध्यक्ष पदमा पनि सञ्जेल प्यानल प्यानल कै हरि प्रसाद निरौला विजयी भएका छन । आफ्ना निकटतम प्रतिद्धन्दि भिमनारायण सञ्जेललाई २३ सय ३२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन । निरौलाले २९ सय ४९ मत प्राप्त गर्दा संजेलले ६१७ मत मात्र प्राप्त गरेका छन ।
खुल्ला उपाध्यक्ष पदमा उपेन्द्र प्रसाद ओली विजयी भएका छन । आफ्ना निकटतम प्रतिद्धन्दि गुह्येश्वरी कार्कीलाई २३ सय ९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन । ओलीले आफ्नो पक्षमा २९ सय ३२ मत प्राप्त गर्दा कार्कीले ६ सय २३ मत मात्र प्राप्त गरेका छन । ओली पनि संजेल समुह कै रहेका छन ।
त्यस्तै गरेर कोषध्यक्ष पदमा पनि संजेल समुह कै डम्बर बहादुर देउजा विजयी भएका छन । आफ्ना निकटतम प्रतिद्धन्दि पर्शुराम कठैतलाई १८ सय ७५ मतको फराकिलो अन्तरले पराजित गर्दै देउजा विजयी भएका छन । देउजाले आफ्नो पक्षमा २७ सय ६२ मत प्राप्त गर्दा कठैतले ७८७ मत प्राप्त गरेका छन ।
संस्थाको अन्य महिला सदस्य तथा सदस्य पदमा पनि संजेल समुह कै बर्चश्व रहेको निर्वाचन समिति संयोजक दिपेन्द्र भट्राईले जानकारी दिए । मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगाणना हिजो चारपाने स्थित सेन्टर पोईन्ट पार्टी प्यालेसमा गरिएको थियो । संस्थाको कुल मतदाता ४हजार ९ सय १३ मध्ये ३ हजार ७ सय ४३ मत खसेको थियो ।