झापा । झापामा लागू औषध ओसारपसार गर्न नयाँ तरिका अपनाउन थालिएको पाइएको छ ।
लागू औषध प्रयोगकर्ता तथा कारोबारीले गुप्ताङ्ग, मलद्वार हुँदै अहिले किताबभित्र लागू औषध भित्र्याउन थालिएको पाइएको हो।
मङ्गलवार बिहान ११ बजे भारतबाट नेपाल आउँदै गरेका एक युवकलाई प्रहरीले शङ्का लागेर चेकजाँच गरेको थियो । सोही क्रममा उनको साथमा प्रतिबन्धित लागू औषध फेला परेको थियो ।
प्रहरीका अनुसार किताबभित्र ब्राउन सुगर लुकाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो । ब्राउन सुगर किताबमा राखेर भित्र्याउने युवक सल्यान जिल्ला बनगाउँ नगरपालिका–१ का ३० वर्षीय रमेश डिसी रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाले डिसीलाई २३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेको जनाएको छ ।
Facebook Comments Box