झापा । चोरी गरेको मोटरसाईकलसहित झापाबाट तीनजना पक्राउ परेका छन् ।
जिल्लाको विभिन्न स्थानबाट विभिन्न मिति र समयमा विभिन्न कम्पनीका मोटरसाईकल हराएको तथा चोरी भएको भनी जनगुनासो बढ्न थालेपछि खोजतलासका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले इलाम सूर्योदय नगरपालिका वडा नं. ९ बस्ने २१ वर्षिय आशिष सुब्बा, वडा नं. ८ बस्ने २१ वर्षिय बिवेक घिमिरे र बिर्तामोड नगरपालिका वडा नं.३ बिर्ताबजार बस्ने २६ वर्षिय रंजित राजवंशीलाई चोरी गरेको मे ६ प २५०५ नं. को १५० सिसिको पल्सर मोटरसाईकल र मे ११ प ९७३५ नं. को १५० सिसिको मोटरसाईकलसहित पक्राउ गरेको हो ।
मंसीर १६ गते पक्राउ गरी झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box