विर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) झापाको अध्यक्षमा कोषराज प्याकुरेल विजयी भएका छन् ।
शनिबार साँझ सम्पन्न मतगणनाअनुसार प्याकुरेलले वर्तमान अध्यक्ष मिलनकुमार ढुङ्गानालाई ६ मतले पराजित गर्दै विजयी भएका हुन् । प्याकुरेलले १३७ मत प्राप्त गरेका छन् । एभरेस्ट बोर्डिङ दमकका प्रिन्सिपल प्याकुरेल यसअघि प्याब्सन झापाका सचिव थिए ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा श्रवण पोखरेल १४१, उपाध्यक्षमा एलपी उप्रेती १५९, चन्द्रप्रकाश राई १५५ र झहादुर कार्की १२८ मतसहित विजयी भएका छन् । सचिवमा गौरीमान फागो १४२, कोषाध्यक्षमा छत्रबहादुर कार्की १४८, सहसचिवमा टीआर गौतम १४४, जनार्दन ढकाल १४३, अजय आलेमगर १४० र सहकोषाध्यक्षमा रामहरि घिमिरे १४५ मत ल्याएर विजयी भए ।
२७६ मतदाता रहेकोमा २६८ मत खसेको प्याब्सन क्षेत्र नम्बर ३ का अध्यक्ष पुकार राजवंशीले जानकारी दिए । उनका अनुसार प्याकुरेल प्यानलका सात र ढुङ्गाना प्यानलका चार जना विजयी भएका छन् । २९ सदस्यीय जिल्ला समितिमा ११ जना मनोनित सदस्य रहने छन् भने ७ जना क्षेत्रीय अध्यक्षहरु सदस्यको रुपमा रहने छन् । शुक्रबार सुरु भएको ११ औ“ जिल्ला अधिवेशन प्याब्सनका केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसीले उद्घाटन गरेका थिए ।
