झापा । मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित झापाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेचीनगर–४ बस्ने ३७ वर्षीय सम्बरबहादुर आले मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रवार बेलुका ४ बजेर ५५ मिनेटमा मेचीनगर–४ स्थित राईसिङमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु ७४ एके ६०९९ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक आले मगरले मलद्वारमा च्यापेर ल्याएको १४ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
मगरलाई मोटरसाइकलसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box