झापा । झापाको दमक नगरपालिका ५ का टेकबहादुर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा घरधनी ४६ बर्षीय टेक बहादुर कार्की, सोही स्थानका ५१ बर्षीय कुशराज खत्री, ५४ बर्षीय सुरेश भण्डारी, ३८ बर्षीय नारायण कडरिया, ४१ बर्षीय सूर्य न्यौपाने, ४८ बर्षीय खगेन्द्र भुजेल, ४० बर्षीय खगेन्द्र राजवंशी, सोही स्थान ८ का २९ बर्षीय प्रदिप थापा र कमल गाउँपालिका ५ का ३० बर्षीय सुरेश सुव्वा रहेका छन् ।
हिजो बेलुका साढे ३ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तीन बुङ तास र नगद २९ हजार ७४५ रुपैया सहित पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
Facebook Comments Box