झापा । झापा कनकाई नगरपालिका ३ पबित्रा पेट्रोल पम्पस्थित पूर्वपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा कन्काई नगरपालिका ६ का ६० बर्षीय कबिराज बोहोरा रहेका छन् ।
हिजो दिउँसो २ बजे पुर्बबाट पश्चिमतर्फ जादै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाईकललाई सोही दिसा पछाडिवाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट घाईते भएका बोहोराको बिएण्डसी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको हो ।
सो दुर्घटनाबाट बोलेरोमा सवार ४ जना यात्री समेत घाइते भएका छन्। घाइतेहरुको बिर्तामोडको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बोलेरो र चालक इलाम देउमाई नगरपालिका १ का २७ बर्षीय निमेश गुरुङ इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box