झापा । झापाको छुट्टा/छुट्टै दुई स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ।
हिजो बेलुका साढे ५ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ बसपार्कबाट बिर्तामोड नगरपालिका ५ का २४ बर्षीय अभिसेक राजबंशीको साथबाट ब्राउन सुगर ३ ग्राम ३३० मिलिग्राम बरामद गरिएको छ ।
ब्राउन सुगर बरामद भए पश्चात उनले सवार गरेको ज८प ८१३२ नम्बरको मोटरसाईकलसहित पक्राउ गरिएको हो । यसैगरि सोही स्थानबाट बसपार्कबाटै खटिएको प्रहरी टोलीले हिजै राती ८ बजे बसपार्क एक होटल संचालिका ताप्लेजुङ श्रृजंगा गाऊपालिका ३ की २० बर्षीया अनिसा भट्टराई इलाम नगरपालिका ६ का २८ बर्षीय मनिस राईलाई ब्राउन सुगरको कारोबार गरिरहेको अबस्थामा पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ब्राउन सगुर १ ग्राम २७० मिलि ग्राम बरामद गरिएको छ । पक्राउ परेका तिनैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।