बिर्तामोड । प्राणघातक रेबिज रोग नियन्त्रणका लागि बिर्तामोड नगरपालिकाले शुक्रबारदेखि नगर क्षेत्रका सामुदायिक कुकुरलाई बन्ध्याकरण गर्ने काम शुरु गरेको छ।
हार्ट नेपालको प्राविधिक सहयोगमा सामुदायिक कुकुरको बन्ध्याकरण शुरु गरिएको नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले जानकारी दिएको छ।
बिहीबार अपरान्हसम्ममा ३० वटा कुकुरलाई बन्ध्याकरण गरिएको प्राविधिकले जानकारी दिए।
बन्धयाकरण गरेपछि बच्चा नहुने भएपछि रेबिज रोग नियन्त्रणमा सहयोग पुग्ने नगरपालिकाका कर्मचारी बताउँछन्। बन्ध्याकरण शिविर मंसिर ५ गतेसम्म रहने बताइएको छ।
तस्वीरहरूः








Facebook Comments Box