झापा । झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीमा तीव्र गतिमा रहेको कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिँदा पैदल यात्री इलामको देउमाई नगरपालिका–६ का ३० वर्षीय आकाश लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार साँझ साढे ६ बजे दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा बिर्तामोडको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।
Facebook Comments Box