झापा । कर्णाली प्रदेशको मुगु जिल्लाको सदरमुकाम गमगडीमा गएराति भीषण आगलागी भएको छ।
अहिलेसम्म बजारका अधिकांश घर जलेर खरानी भएको बताइएको छ।
आगलागी कतिबेलादेखि भएको हो भन्ने यकीन कसैले नभएको तर राति १२ बजे मात्र त्यहाँका मानिसले थाह पाएका थिए।
आगलागी भएको जानकारी पाउना साथ नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा आगो नियन्त्रण गर्न खटिइरहेका छन्।
आगलागीबाट अर्बौंको क्षति भएको अनुमान गरिएको छ।
Facebook Comments Box