काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङ, लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेकमा भीषण हिम पहिरो गएको छ ।
आइतबार बिहान करिब ११ बजेतिर हिम पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
हिमपहिरोका कारण क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको छ ।
हिमपहिरोको डरले भागदौड हुँदा ९ जना घाइते भएका छन् ।
हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।
हिमपहिरो खसेपछि त्यसको असरबाट जोगिन भागदौड हुँदा ९ जना सामान्य घाइते भएका र उनीहरुलाई जिल्ला अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box