जनकपुरधाम । धनुषामा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा विवाद हुँदा उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
छठ पर्वको दिन देवपुरा रुपैठास्थित तेलिया पोखरीमा घाट निर्माण गर्ने विषयमा विवाद हुँदा भएको झडपमा चारजना हिन्दु समुदायका व्यक्ति घाइते भएका थिए । सोही विषयलाई लिएर शनिबार मुस्लिम र हिन्दु समुदायबीच विवाद हुँदा पुनः उग्ररुप लिएको प्रहरीले जनाएको छ ।
झडपमा दुई जना प्रहरीसहित तीन जना घाइते भएका छन् ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ ।
आज दिउँसो २ बजेदेखि भोलि राति १० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको छ ।
Facebook Comments Box