झापा । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ।
आस्था एवं निष्ठापूर्वक चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन विभिन्न पोखरी, नदी, इनारलगायत जलाशय भएको ठाउँमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ।
छठका लागि झापाका नदी किनार सिँगारिँएका छन्।
मेची, निन्दा, अन्दुवा, बिरिङ, कनकाई तथा रतुवा नदी किनार रंगिएका छन्।
गत बर्ष कोरोना महामारीका कारण सामुहिक पूजा रोकिएको थियो।
यस बर्ष भने पहिलाको जस्तै भव्य रुपमा छठ पूर्व सम्पन्न भइरहेको छ।
झापाको मेची नदीमा भने नेपाल तथा भारतका भक्तजनले सामुहिक छठ पूजा मनाउने गरेका छन्।
तस्वीरहरूः






Facebook Comments Box