झापा । सवारी दुर्घटनामा परेर घाइते भएका पत्रकार तिलक योञ्जनलाई प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नं १ ले ६५ हजार रुपैयाँ उपचार खर्च दिने भएको छ ।
सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार योञ्जन भदौ २ गते कार्यालयबाट घर फर्कने क्रममा अर्जुनधारा–१ खुदुनाबारीमा दुर्घटनामा परेरका थिए ।
दुर्घटनामा परी उनको खुट्टाको हड्डी भाँचिएको थियो । शल्यक्रियापछि हाल उनी तीन महिनादेखि घरमै आराम गरिरहेका छन् ।
उपचारमा सहयोग होस भन्ने उदेश्यले प्रतिष्ठानले उपचार खर्च उपलब्ध गराउने भएको हो ।
Facebook Comments Box