कैलाली । कैलालीको लम्कीचुहामा चक्कु प्रहार गरी युवकको हत्या भएपछि अहिले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ।
२२ बर्षिय युवक भुपेन्द्र बडुवालको हत्या भएपछि लम्कीचुहाको स्थिति तनावग्रस्त बनेको हो।
उनको हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
लम्कीचुहा नगरपालिका– १ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।
टीकापुरस्थित कृषि हाटबजार नजिकै बडुवाललाई तीन–चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताए।
Facebook Comments Box