झापा । बुधबार साँझको अस्ताउँदो सूर्य र बिहीबार बिहान उदाउँदो सूर्यको उपसना गरेर मनाइने छठ पर्वको तयारी भव्य रुपमा गरिएको छ।
झापाका नदी किनार सिँगारिँएका छन्।
मेची, निन्दा, अन्दुवा, बिरिङ, कनकाई तथा रतुवा नदी किनारमा भक्तजनका लागि पूजा निर्माणको काम तीब्र बनाइएको छ।
गत बर्ष कोरोना महामारीका कारण सामुहिक पूजा रोकिएको थियो।
यस बर्ष भने पहिलाको जस्तै भव्य मनाउने तयारीमा छठ पूजा समितिहरू लागेका छन्। झापाको मेची नदीमा भने नेपाल तथा भारतका भक्तजनले सामुहिक छठ पूजा मनाउने गरेका छन्।
Facebook Comments Box