काठमाडौं । ललितपुरको पाटनस्थित मंगलबजारमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ।
मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् ।
घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
Facebook Comments Box