दमक । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा.महावीर पुन आगामी मंसीर ५ गते झापाको दमकमा आउने भएका छन् ।
दक्षिण कोरियास्थित नेपाली युवाहरुको सामाजिक संस्था हाम्रो जमर्की नेपालको आयोजना तथा झापाली सरोकार समाज र शब्द घर नेपालको संयोजनमा हुने अन्तरकृया कार्यक्रममा सहभागी हुन डा.पुन दमक आउने भएका हुन् ।
डा.पुन सोही दिन विहान धरमपुर–५ काे मनकामना अंग्रेजी विद्यालयमा आयोजित कार्यक्रममा सहभागि हुने छन् । त्यस्तै सोही दिन अपरान्ह दमकस्थित दमक वहुमुखी क्याम्पसमा आयोजित विद्यार्थीहरुको कार्यक्रममा पनि सहभागि हुने बताइएकाे छ ।
कार्यक्रममा डा.पुनको अभियानलाई सघाउ पुर्याँउन हाम्रो जमर्की नेपालका संयोजनमा दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुबाट संकलित १ लाख ११ हजार १ सय ११ रुपैया हस्तान्तरण गरिने झापाली युवा सरोकार समाजका अध्यक्ष कविराज चाम्लिङले बताए ।
त्यस अवसरमा डा.पुनसंग नेपालमा भइरहेको विज्ञान र प्रविधिसहित राष्ट्रिय आविस्कार केन्द्रका पछिल्लो अवस्थाका बारेमा अन्तक्रिया हुने शव्दघरका संस्थापक सह-अध्यक्ष विराट किरातीले जानकारी दिए ।