झापा । झापाको कनकाई नगरपालिका वडा नम्बर १ प्रजापतीमा एक व्यक्ति मृत भेटिएका छन्।
खेतको खोल्सीमा ती व्यक्ति मृत भेटिएका हुन्।
निर्माण सम्बन्धी काम गर्दै आएका सोही ठाउँका बर्ष ४८ का वेनुप्रसाद उप्रेती मंगलबार बिहान ६ बजे मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।
उप्रेती सोमबार दिउँसो ३ बजे करेन्ट लगाएर माछा मार्न भनेर घरबाट हिँडेका थिए। माछा मार्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।
घरबाट करिव ५ सय मिटर परको खोल्सामा घोप्टो परेको अवस्थाको उप्रेतीको शव भेटिएको थियो।
Facebook Comments Box