धाईजन । आफ्नो १० औँ बार्षिक उत्सवको अवसरमा तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था दुहागडी ४ चारआलीले विपन्न तथा जेहेनदार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
धाईजन २ मा रहेको वलभद्र जनता माविका कक्षा नरसरी देखि १० सम्मका २२ जना विपन्न तथा जहेनदार छात्र छात्राहरुलाई कापि, कलम, ईरेजर लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो । संस्थाले प्रत्येक बर्ष भिन्न भिन्न विद्यालयका विद्यर्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने गरेको कार्यक्रममा जनाईयो ।
विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव तथा संस्थाका निवर्तमान अध्यक्ष लिला भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारी, धाईजन गाविस सचिव सुदर्शन बराल र सोही विद्यालयका प्रधानध्यापक गोविन्द बहादुर डाँगीले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा पढ्ने जाँगर बढेर जाने बताए ।
कार्यक्रमा संस्थाका अध्यक्ष लेखनाथ पौड्यालको सभापतित्वमा सम्पन्न भएको थियो । संस्थाका सचिव महेन्द्र विलास लुईटेलले स्वागत तथा औचित्य माथि प्रकाश पारेको कार्यक्रमको संचालन व्यवस्थापक मोहन अधिकारीले गरेका थिए ।