मुम्बई । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेलबाट रिहा भएका छन् ।
लागुऔषधको मुद्धामा जेल परेका आर्यन एक महिनापछि रिहा भएका हुन् । उनलाई मुम्बईस्थित आर्थर रोड जेलबाट शनिबार बिहान रिहाई गरिएको हो ।
आर्यनलाई करिब एक महिनाअघि लागुऔषध मुद्धामा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरी जेल पठाएको थियो । उनलाई जमानतमा रिहाई गर्न ठोस प्रमाण नपुग्दा लामो समय लागेको थियो ।
बिहीबार मुम्बईको उच्च अदालतले उनको जमानत रिहाई स्वीकार गरेको थियो । बलिउड अभिनेत्री जुहि चावला उनको जमानती बनेकी छन् । २३ वर्षीय आर्यनको जमानतको लागि चावलाले शुक्रबार १ लाख भारतीय रुपैयाँ भरेकी थिइन् ।
रिहाईपछि उनी मन्नतस्थित आफ्नो निवास पुगेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । आर्यनसँगै पक्राउ परेका अन्य १४ को समेत जमानतमा रिहा हुने अवस्थामा रहेको बताइएको छ ।
Facebook Comments Box