काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शनिबार बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन्। त्यस अवसरमा राष्ट्रपतिले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरेकी छन्।
मुक्तिनाथको दर्शन भ्रमणका लागि उनी आज काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस
Facebook Comments Box