झापा । झापाको गौरादहमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
गौरादह ४ स्थित स्कुलचोन – चप्रामारी धरधरे सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा गौरादह ५ का अन्दाजी ४० बर्षिय भानु भनिने वेणु अधिकारीको मृत्यु भएको हो ।
विपरित दिशामा रहेका दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर बिहान ८ बजे भएको दुर्घटनामा मे ९ प २७०३ को मोटरसाइकलका चालक अधिकारीको घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
अधिकारीले चलाएको मोटरसाइकल र मे ६ प ५४१६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका प्रहरीको भनाइ छ । सो दुर्घटनामा ५४१६ नम्बरको मोटरसाइकलका चालक गौरादह ५ चप्रामारीका ३० बर्षिय अनुप राजवंशी र पछाडी सवार १६ बर्षिय ललित शर्मा घाईते भएका छन् । उनीहरु दुवै जनाको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ।
Facebook Comments Box