झापा । चार महिना र एक महिना अघि गरि दुई पटक एक विद्यार्थीमाथि ती विद्यार्थीकै शिक्षकले यौन शोषण गरेको भन्दै विद्यार्थीका परिवारका सदस्यले प्रहरीमा उजुरी दिएका छन्।
तर ती शिक्षक अहिले त्यो विद्यालयमा कार्यरत छैनन्। प्रहरीमा उजुरी परेपछि पूर्व शिक्षक अर्जुनधारा–६ का जितेन बस्नेतलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार पक्राउ परेका पूर्व शिक्षमाथि अनुसन्धान थालिएको छ।
बिर्तामोडको एक निजी विद्यालयमा अध्ययन गरिरहेकी छात्रालाई बस्नेतले यौन शोषण गरेको ती विद्यार्थीका परिवारको आरोप छ।
परीक्षामा सहयोग गर्ने भन्दै बस्नेतले बिर्तामोडका विभिन्न होटलमा खाजा खान बोलाएर यौन शोषण गरेको भन्दै परिवारका सदस्यले प्रहरीमा उजुरी दिएका हुन्।
Facebook Comments Box