झापा । झापाको बुद्धशान्ति गाउँपालिका ३ बुधबारे चौकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका २ का २३ बर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाउँपालिका २ बेतेनी घर भइ हाल झापा अर्जुनधारा नगरपालिका ११ बस्ने २५ बर्षीय उमेश बि.क. र इलाम कोल्बुङका २३ बर्षीय सुलभ गुरुङ रहेका छन् ।
बुधबार बेलुका साढे ७ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगर १० ग्राम २० मिलि ग्राम र गाँजा ११ ग्राम ५० मिलि ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box