काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी छन् ।
मंगलबार काठमाडौंमा महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताइन् ।
उनले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरू बढाउने रहेको बताइन् ।
मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरूले सहयोग गर्ने पनि बताइन् ।
मन्त्री भुसालले सरकार विद्युतीय सवारीसाधनलाई स्थापित गर्न सहुलियतका लागि तयार रहेको पनि बताइन् ।
उनले मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरूलाई निःशुल्क दिने र डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाइमा घटेको महशुल लागु हुने जानकारी दिइन् ।