पृथ्वीनगर । नाइटिङ्गल क्लवको आयोजनामा झापाको पृथ्वीनगरमा स्वास्थ्य शिविर एवम् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
अध्यक्ष नविनकुमार भट्टराईका अनुसार आकृति थेरापी सेन्टर वितामोडको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर गरिएको हो ।
स्वास्थ्य शिविरबाट १ सय ५ जना लाभान्वित भएको उनले बताए । त्यस्तै, नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान गरियो ।
पृथ्वीनगर–७, सोमबारेको फुटबल मैदानमा भएको कार्यक्रममा १९ पिन्ट रगत सङ्कलन भएको सचिव तारावीर लिम्बूले बताए ।
Facebook Comments Box