फिदिम । पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनामा मोरङ लेटाङका ७ बर्षिय बालक प्रज्वल मगर, इलामकी ३४ बर्षिया महिला प्रमिला देवान, देवानकै ७ महिनाका छोरा निश्चल देवान र अर्का एक जना परिचय नखुलेकी महिला रहेका छन्।
सोमबार बिहान ११ बजे यासोकबाट झापाको बिर्तामोडतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना हुँदा बसमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज्वल मगरको पाथीभरा अस्पताल, इलाम बस्ने ३४ बर्षीया प्रमीला देवानको जिल्ला अस्पताल, उनकै ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान हुन नसकेको महिलाको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
अर्को सवारी साधनलाई उछिन्ने क्रममा उक्त बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ। उक्त बसमा यात्रा गरिरहेका ६२ यात्रु घाइते भएका छन्।