झापा । झापाको हल्दीबारी गाउँपालिका वार्ड नं ४ मंगलबारे बजारका ६५ बर्षिय डिल्लीप्रसाद बजगाईं एक सातादेखि बेपत्ता छन्।
उनका परिवारका सदस्यले उनको खोजी गरिदिन प्रहरीमा निवेदन पनि दिएका छन्।
गत कात्तिक १ गते आफन्तको घर दमक जान्छु भनेर हिँडेका बजगाईं त्यहाँ नपुगेकाले खोजतलासका लागि प्रहरीकहाँ निवेदन दिएका छन्।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार उनको अवस्थाबारे बुझ्ने काम भइरहेको छ।
फेला पार्नुहुनेहरूले निम्न सम्पर्क नम्बरमा खबर गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन्।
दिपक बजगाईं 9804917616
नारन बजगाईं 9804942931, 9806002338
Facebook Comments Box