काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका चार जना आयुक्तहरूको योग्यता नपुगेको उल्लेख गरी बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।
नागार्जुना नगरपालिका ८ बस्ने दक्षबहादुर क्षत्रीले दायर गरेको रिट निवेदनमा अख्तायारका चार आयुक्तहरू दीपकुमार बस्न्यात, डा. सावित्री थापा गुरूङ, गणेशराज जोशी र नविनकुमार घिमिरेको आयुक्त हुनका लागि योग्यता नपुगेको दाबी गरिएको छ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा ११९ (५) (ग) म अख्तियारका आयुक्त हुनका लागि लेखा, राजश्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानको क्षेत्रमा २० वर्ष काम गरी अनुभव वा ख्याती कमाएको हुनुपर्ने स्पष्ट गरिएको छ।
रिट निवेदनमा ती चार जना आयुक्तमध्ये कसैको पनि ती विषयमा अनुभव वा ख्याती नभएको उल्लेख गरिएको छ।
Facebook Comments Box