काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा दैलेखको गुराँस गाउँँपालिका– ६ कि २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षीय नरेश रहेको जिल्ला प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ ।
उनीहरुको सुर्खेतको देउती अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार शनिबार बिहान करिब पौने एघार बजे वीरेन्द्रनगर नगरपालिका ७ कट्कुवा सामुदायिक वनमा बम विष्फोट भएको हो ।
घाइते दिदीभाइ घाँस काट्न जंगल गएका थिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box