
काठमाडौं । चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौडेलले बन्द रहेको तातोपानी नाका खोल्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटमा पौडेलले नेपाल चीनबीचको व्यापारघाटा कम गर्ने, नेपाली वस्तुहरुको चीनमा प्रवद्र्धन गर्ने, नेपालमा संयुक्त लगानीमा चिनियाँ बैंक स्थापना गर्ने, बन्द रहेको तातोपानी नाका खुलाउन पहल गर्ने बताएको छ ।
केरुङको नाका प्रभावकारी सञ्चालन, दुईदेशबीच सीधा हवाई सेवा विस्तारलाई पनि प्राथमिकतामा राखेको उनले बताए ।
चीनले अगाडि सारेको एक क्षेत्र एक रोड अवधारणाअन्तर्गत नेपालका पूर्वाधार विकासमा चिनियाँ लगानी आकर्षण गर्ने लगायतका विषयमा कूटनीतिक माध्यबाट पहल गर्ने उनको भनाइ थियो । आजको कारोबार दैनिकमा खबर छ ।
Facebook Comments Box