धरान । सुनसरीको धरानमा एक घर पुरिँदा दुई जना बच्चाको मृत्यु भएको छ।
अविरल बर्षाका कारण पहिरोले घर पुर्दा ती दुई बच्चाको मृत्यु भएको हो।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने ८ बर्षीया निसु राई र ४ बर्षीय निहान राई रहेका छन्। दुई जना नै एकै परिवारका रहेका छन्।
मंगलबार दिउँसो पौने २ बजे घरमाथिबाट पहिरो झरेर निशान राईको १ तले टिनको छाना भएको घर पुरिएको प्रहरीले जनाएको छ। उक्त घटनामा परि निशानका दुई बच्चाको मृत्यु भएको हो।
Facebook Comments Box