तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका ३ ज्यामिरेका ५४ बर्षीय गोबिन्दबहादुर लिम्बु र उनको श्रीमती ५२ बर्षीया भक्तकुमारी लिम्बुबीच मादक पदार्थ सेवन गरि झगडा हुँदा गोबिन्द बहादुरको ज्यान गएको छ।
घाइते भक्तकुमारीको उपचार भइरहेको प्रहरीले जनाएको छ।
आइतबार बेलुका ९ बजे उनीहरु आफ्नै घरमा मादक पदार्थ सेवन गरि कुटाकुट हुँदा दुवै जनाको टाउकोमा चोट लागि गम्भीर घाइते भएका थिए ।
दुवैलाई उपचारको लागि छथर अस्पताल पठाइएकोमा राति पौने १ बजे गोबिन्दको उपचारको क्रममा मृत्यु भएको थियो भने भक्तकुमारीलाई थप उपचारको लागी धरान घोपा पठाइएको छ ।
घटनाको बारेमा इलाका प्रहरी कार्यालय बसन्तपुरले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box