बुधबारे । अत्याधिक गतिका कारण झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं ३ मा एक हल्का सवारी साधन दुर्घटनामा परेको छ।
बुद्धशान्ति ३ स्थित धर्मकाँटा अगाडी मेचीराजमार्गमा गए राति १२: ३० बजे उक्त सवारी दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।
गाडीमा सवारी ६ जनालाई सामान्य चोटपटक मात्र लागेको तर सवारी चालक सूर्योदय नगरपालिका १० का २३ वर्षिय पवन रिजाललाई भने उपचारको क्रममा बि एण्ड सी अस्पताल लगिएको बताइएको छ ।
Facebook Comments Box