काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।
दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको ६ किलो नजिक दुर्घटना भएको हो ।
ब्रेक फेल भएर बा २ ख ३२६४ नम्बरको बस आइतवार दुर्घटना भएको बताइएको छ ।
बसमा सवार ३४ यात्रु घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
थप विवरण आउन बाँकी छ ।
Facebook Comments Box