धनुषा । धनुषामा एक पुरुषको शव फेला परेको छ ।
प्रहरीका अनुसार धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।
धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ । आइतबार विहान स्थानीयबासीले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
सो शव झाडीमा फेला परेको र अहिले कुकुरसहितको टोलीले अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
Facebook Comments Box