काठमाडौँ। मुगुमा भएको यात्रुवाहक बस दुर्घटनाका घाइतेको उद्धारका लागि गृह मन्त्रालयले दुई हेलिकोप्टर पठाएको छ।
गृहमन्त्री बालकृष्ण खाँणले मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका-७ पिना तपनेखोलामा भएको दुर्घटनामा घाइते भएकाहरूको उद्धार गर्न निर्देशन दिए लगत्तै गृह मन्त्रालयले नेपाली सेना र समिट एयरका गरी दुई हेलिकोप्टरलाई घटनास्थल पठाएको हो।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले नेपाली सेना र समिट एयरको हेलिकोप्टर घटनास्थलमा पुगिसकेको जानकारी दिए।
जुम्ला मुगु सडक खण्डमा नेपालगन्जबाट गमगढीका लागि जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस २५० मिटर तल खस्दा २३ जनाको मृत्यु भएको प्रारम्भिक तथ्याङ्क प्रहरीले दिएको छ।
Facebook Comments Box