काठमाडाैं। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले संघमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको बताएका छन्।
एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उाले विवाद समाधान गर्ने जिम्मा परिषद्लाई दिन आग्रह गरे।
संघले परराष्ट्र मन्त्रालयको सुझावअनुसार २०२१ अक्टोबर २३ देखि २५ मा गर्ने गरी पूर्वनिर्धारित १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगन गरिएको जनाएको थियो ।
संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भर्चुअल माध्यमबाट बसेको बैठकले मन्त्रालयको पत्रका सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धित निकायसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।
संघको १०औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण महाधिवेशन स्थगन गरिएको जनाइएको छ ।
संघका प्रमुख संरक्षक घलेले भने, “सङ्घमा देखिएका समस्या समाधान गरेर छिटो महाधिवेशन सम्पन्न गर्नुपर्छ । ”