झापा । आइतबार बेलुका बिर्तामोडको महानन्द चोकमा मासु व्यवसायीको हत्या भएपछि व्यवसायीले ज्यान असुरक्षित भएको भन्दै हत्यारालाई तत्काल खोजी गरि कडा कारबाही गर्न बिर्तामोड उद्योग वाणिज्य संघले कडा विज्ञप्ति जारी गरेको छ।
संघका अध्यक्ष प्रकाश सिवाकोटी तथा महासचिव अर्जुनकुमार मैनालीले हस्ताक्षर गरेको विज्ञप्तिमा बिर्तामोडमा श्रृंखलाबद्ध हत्याकाण्ड भइरहँदा व्यवसायीले असुरक्षित हुँदै गएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘चाडपर्वका बेला व्यवसायीको सुरक्षा हुन नसक्नुले सुरक्षाप्रति स्थानीय प्रशासन संवेदनशील नहुनुले गम्भीर प्रश्न खडा गरेको छ।’
आइतबार बेलुका मासु व्यवसायी इन्द्रक़ुमार मगरको धारिलो हतियार प्रहार गरि हत्या भएको थियो।

Facebook Comments Box