झापा । झापाको भद्रपुर नगरपालिका वार्ड नं ४ मा मोटरसाइकल अनिन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलको पछाडिको सिटमा सवार भद्रपुर ४ कै जन्तलाल राजवंशीको मृत्यु भएको छ।
उनको उपचारका क्रममा भद्रपुरस्थित ओमसाइ पाथिभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मोटरसाइकल चालक भद्रपुर ४ कै बिनोद राजवंशीको उपचार भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box