कास्की । कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ।
चालकसहित ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन्।
उनीहरूको प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेका छन्।
पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।
घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले बताए।
Facebook Comments Box