झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरि हत्या गरिएको छ।
इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका अनुसार घाँटी र हातमा धारिलो हतियार प्रहार गरि ती मासु व्यवसायीको हत्या गरिएको हो।
बिर्तामोड ५ स्थित महानन्दचोकमा मासु पसल संचालन गदै आएका अर्जुनधारा ६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षीय इन्द्रक़ुमार मगरको धारिलो हतियार प्रहार गरि हत्या भएको प्रहरीले जनाएको छ।
पसलमै बसेको बेला राति करीब ८ बजे उनको हत्या भएको स्थानीयबासीले बताएका छन्।
पसल भित्र हत्या गरिएको मगरको घाटी र पाखुरामा गहिरो चोट लागेको बिर्तामोडका प्रहरी प्रमुख डिएसपी सन्तोष आचार्यले बताए।
घटनाको अनुसन्धान भइरहेको उनले बताए।
Facebook Comments Box