धनगढी । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
सोही दुर्घटनामा परि १४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।
दुर्घटनामा परेर पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।
उनीहरुमध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
Facebook Comments Box