झापा । नेपाल प्रहरी विपत् व्यवस्थापन झापामा कार्यरत एक प्रहरी जवान आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
प्रहरी जवान सरोज कार्की आफ्नै कोठामा झुन्डिएको अवस्थामा शनिवार बिहान मृत फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए ।
उनका अनुसार प्रहरी जवान कार्कीको शव पोस्टमार्टमका लागि पठाइएको छ ।
मेचीनगर नगरपालिका- ४ बाहुँनडागी निवासी अन्दाजी २५ वर्षीय प्रहरी जवान भद्रपुर ८ स्थित पुरानो विदुर बोडिङ्ग स्कुल नजिकै एक घरमा परिवासँगै कोठा भाडामा बस्दै आएका थिए ।
मृतक प्रहरी जवान कार्कीको श्रीमती पनि प्रहरीमा कार्यरत छिन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box