भोजपुर । श्रीमतीलाई भरुवा बन्दुकले ताकेर मार्छु भन्दै धाकधम्की दिने भोजपुर चामबोटे का ४६ बर्षीय सुजिल राई भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
हिजो राति सवा ८ बजे घरयासी बिबादको कारण आफ्नै श्रीमती ४५ बर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गर्दा गहिरो चोट लागि घाइते बनाई घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकाली श्रीमतीलाई ताकी मार्छु भन्दै धम्की दिएका थिए ।
घटनाको जानकारी पाएलगत्तै अस्थाई प्रहरी चौकी ओख्रेबाट प्रहरी टोलीले घाइते जुनालाई उपचारको लागि स्थानीय मेडिकल पसल ओख्रेमा पठाएको थियो ।
घटनास्थलमा भरुवा बन्दुक फालेर तत्कार फरार रहेका सुजिललाई प्रहरीले खोजतलास गरी पक्राउ गरि जिल्ला प्रहरी कार्यालय भोजपुर पठाएको हो ।
Facebook Comments Box