झापा । झापा अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेउ भित्री सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका ६ का ३० बर्षीय निरज तामाङ रहेका छन् ।
बिहीबार बेलुका ४ बजे खुदुनाबारीबाट शनिश्चरे जाँदै गरेको मे. ४ प. २८१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमानै मृत्यु भएको हो ।
घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box